जसपाको कौडेनामा घर दैलो सम्पन्न

सर्लाही — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार भरत चौधरीले आज कौडेना गाउँपालिका–२ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र विकास योजनाबारे जानकारी गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषकका समस्या समाधान र युवालाई रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताहरूले समेत आफ्ना समस्या र अपेक्षाबारे उम्मेदवारसँग खुलेर कुरा राखेका थिए।
जसपाले मधेशको अधिकार, समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *