मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य ।
जनकपुरधाम, २४ वैशाख । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विगतदेखि चल्दै आएको योजना चिठ्ठी वितरणको विवादित अभ्यास अन्त्य गर्दै सुशासनतर्फ महत्वपूर्ण कदम चालेका छन् । विगतमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत योजना चिठ्ठी मन्त्रालय, मन्त्री सचिवालय, मन्त्री निवास तथा बिचौलियाको पहुँचमार्फत वितरण हुने गरेको आरोप लाग्दै आएको थियो…

