मधेस प्रदेशमा चैते छ्ठ शुरु

मलङ्वा ,चैत्र ८/ मधेस प्रदेश मा चैते छ्ठ शुरु भएकोछ।आइतबार देखि नहाय खाएबाट शुरु भएर भोलि सोमबार खड्ना हुने ब्रतालु महिलाहरुले बताएका छ्न।त्यसैगरी मङलबार अस्ताउँदो सुर्यलाई अर्घ दिएर बुधबार बिहान उदाउँदो सुर्यलाइ अर्घ दिदै छ्ठ पर्व समाप्त हुने बरहथवा ७का मिथिला देबिले बताएकी छिन। उहाँका अनुसार यस पर्वमा केरा ,उखु, स्याउ, ठेकुवा, मिठाइ ,प्रसादको रुपमा चढाइन्छ भने बाँसबाट बनेका नाग्लो,दौरा,टोकरी लगाएत समाग्रीहरु पनि पर्वमा आबश्यक पर्ने उहाँको कथन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *