मलंगवा, सर्लाही, असार १९ — ‘भिजिट मधेश २०८३’ अभियानलाई सफल बनाउन सर्लाहीको मलंगवास्थित ऐतिहासिक मलंगबाबा मन्दिर परिसरमा सरसफाइ तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत मन्दिर परिसरको सरसफाइ गरिनुका साथै सरसफाइलाई निरन्तरता दिने उद्देश्यले आवश्यक सरसफाइ सामग्री मलंगवा नगरपालिका–८ का वडा अध्यक्ष मुकेश कुमार जैसवालले मन्दिरका पुजारीलाई हस्तान्तरण गर्नुभयो।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष जैसवालले धार्मिक तथा पर्यटकीय महत्व बोकेको मलंगबाब मन्दिरको स्वच्छता, संरक्षण र प्रवर्द्धनमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै ‘भिजिट मधेश २०८३’ अभियानले प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रम उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश अन्तर्गत पर्यटन विकास कार्यालय, गौर (रौतहट) को सहयोग तथा श्री राम दुलारी शिव समाज केन्द्र, रौतहट को आयोजनामा सम्पन्न भएको हो।
आयाेजक संस्थाका अध्यक्ष प्रभा सिहंका अनुसार यस्ता सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमले धार्मिक पर्यटनको प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटकलाई आकर्षित गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मलंगवा वडा नं३का वडा अध्यक्ष ,स्वर्णिम एफ.एम.का मनाेज यादव ,वर्षा एफ.एमका कृष्णा सिंह,मधेश दुतका मनाेज यादव,पावर अफ मधेशकी सरीता मुखिया,संस्थाकी उपाध्यक्ष बेबी पासवान ,सचिव राजकिशोर सिंह, सदस्य शिवम कुंवर राजू रकोषाध्यक्ष सुनीता देवी लगायतका गण्यमान्य ब्यक्तिहरूकाे उपस्थिती रहेकाे थियाे ।

