जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जनालाई कारबाही
महोत्तरी । जनता समाजवादी पार्टी नेपालले महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख र पिपरा गाउँपालिका अध्यक्षसहित १४ जनालाई कारबाही गरेको छ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभाका अधिकारिक उम्मेदवारको पक्षमा नकारात्मक गतिविधि गर्ने जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र पिपरा गाउपालिका अध्यक्ष राम जानकी यादवसहित १४ जना नेता तथा कार्यकर्तालाई पार्टी विधान उल्लंघन गरेको भन्दै…

