निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते
सर्लाही, फागुन ७ — सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन मन्दिरभित्र भेटिएको पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।जिल्लाको मलंगवा नगरपालिका–४ ढाँका बाेडर नजिक बस्ने रामविश्वास रामका छोरा करिब १५ वर्षीय आकाश राम घाइते भएका हुन्। घरदेखि करिब १०० मिटर पूर्वतर्फ निर्माणाधीन हनुमान मन्दिरको कुनामा रातो कपडाले बेरेर राखिएको वस्तु खोलेर हेर्दा पेस्तोल फेला परेको थियो।उक्त पेस्तोल…

