संविधान सभा सदस्य केदारनन्दन चौधरी र जसपा नेता मनिष मिश्र कांग्रेसमा प्रवेश
बलरा (सर्लाही), ०२ फागुन – संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा चौधरीले जसपा नेपाल परित्याग गर्दै कांग्रेसको सदस्यता ग्रहण गरेका हुन्। चौधरीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का महासचिव तथा हाल जसपा नेपालका केन्द्रीय…

